मिसन युएसएले बिर्तामोडमा एकै पटक शुरु गर्यो दुई शाखा
बिर्तामोड । शैक्षिक परामर्शदाता संस्था मिसन युएसएले एकै पटक बिर्तामोडमा दुई वटा शाखा कार्यालय शुरु गरेको छ । काठमाण्डौमा प्रधान कार्यालय रहेको मिसन युएसए एजुकेशनल कन्सल्टेन्सी प्रालिले बिर्तामोडको मेगा कम्प्लेक्स र हनुमान सेन्ट्रलमा शाखा कार्यालय स्थापना गरेको हो ।
शनिबार पत्रकारसम्मेलन आयोजना गरि संस्थाले विद्यार्थीको मागलाई ध्यानमा राखेर एकै पटक दुई वटा शाखा स्थापना गरिएको मिसन युएसएका संस्थापक सीइओ सञ्जय घिमिरेले जानकारी दिए । सन २००८ मा काठमाण्डौको डिल्लीबजारमा कार्यालय स्थापना गरी सञ्चालनमा आएको मिसन युएसएको काठमाण्डौमा २ र चितवनमा एउटा शाखा रहेको उनले बताए ।
हनुमान सेन्ट्रलमा रहेको अफिसको उज्वल गौतम र मेगा कम्प्लेक्सको अफिसको सुनिता सिटौलाले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।
बिर्तामोडका दुवै कार्यालयको भोली आइतबार उद्घाटन गरिने कार्यालय प्रमुख गौतमले बताए । कार्यक्रममा डा. रुपक खनाल र अञ्जना बराइली अतिथी रहेको उनले जानकारी दिए ।
विशेष गरी अमेरिका अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिन कार्यालय सञ्चालन गरिएपनि सबै विद्यार्थीको अमेरिकामा भिषा नलाग्ने भएकाले मिसन युएसएले अष्ट्रेलिया र युकेका लागि समेत परामर्श र सहजीकरणको काम गर्दै आएको घिमिरेले बताए ।
उद्घाटनको अवसरमा नयाँ विद्यार्थीहरुलाई २ हजारमा आइएलटीएसको कक्षा गराइने र यो अफर केहि दिन चल्ने इञ्चार्ज कमल सिग्देलले जानकारी दिए ।