२०८३ बैशाख ६ गते , आईतबार

डा. गुप्ता मेची अस्पतालको मेसुमा नियुक्त

sajilo news
परिवेश मिडिया
२०८२ असार १० गते , मंगलबार
डा. गुप्ता मेची अस्पतालको मेसुमा नियुक्त

बिर्तामोड वरिष्ठ रेडियोलोजिष्ट डा. सञ्जयकुमार गुप्ता मेची प्रदेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका छन् अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामबाबु खड्काको ११औं तहमा बढुवा भएसंगै वरिष्ठ कन्सल्टेन्ट (दशौं तह) डा. गुप्तालाई मेसुको जिम्मेवारी प्रदान गरिएको हो

प्रदेश निजामती सेवा ऐन २०७९ को दफा २३ को उपदफा बमोजिम डा. गुप्तालाई कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालय विराटनगरले अस्पतालको मेसुको जिम्मेवारी दिएको हो  

तत्कालीन मेची अञ्चल अस्पतालमा २०६८ साल असोज गतेबाट रेडियोलोजिष्टको जिम्मेवारी सम्हाल्दै आएका उनी डा. खड्काको गत वैशाखमा एघारौँ तहमा बढुवा भएसंगै निमित्त मेसु थिए

२०६८ सालमा मेची अञ्चल अस्पताल विकास समितिबाट मेडिकल अफिसरको रुपमा अस्पतालमा नियुक्त भएका उनी २०७३ सालदेखि वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्टको नवौं तहमा स्थायी  भएका थिए

२०७५ साल असोज १२ गतेदेखि वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्टको दशौं तहमा वढुवा भएका उनले भारतको मणिपाल मेडिकल कलेजबाट सन २०११ मा रेडियोलोजीमा एमडी गरेका थिए

मेची प्रादेशिक अस्पतालमा काम गर्नु अघि उनले मेडिकेयर अस्पताल एनएमसी मेडिकल कलेजमा समेत काम गरेका थिए

सम्बन्धित समाचार