२०८३ बैशाख ५ गते , शनिबार

डा. कडरियाको नेतृत्वमा अनेरास्ववियुको समिति चयन

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३० गते , शुक्रबार
डा. कडरियाको नेतृत्वमा अनेरास्ववियुको समिति चयन

बिर्तामोड नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ महाधिवेशनबाट डा. सुजन कडरियाको नेतृत्वमा नयाँ समिति चयन भएको  

बिहीबार सम्पन्न भएको मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका हुन् उनले सय ३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले सय २४ मत प्राप्त गरे खुला उपाध्यक्ष तर्फ विकास श्रेष्ठ महिला तर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन् उनीहरूले क्रमशः सय सय ७५ मत प्राप्त गरे

त्यस्तै, महासचिवमा दिपक धामी सय ८५ मत प्राप्त गर्दा उप महासचिवमा कमल सय १६ मत प्राप्त गरे

त्यसैगरी, चार जना सचिव तर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान गोपाल नेपाल निर्वाचित भएका छन् उनीहरूले क्रमशः सय ६०, सय , सय ७३ सय ६८ मत पाएका थिए

त्यस्तै केन्द्रीय आयोग तर्फ निर्वाचन आयोगको अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी सचिवमा विशाल पराजुली विजयी भएका छन्

लेखा अयोग अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल सचिवमा गगनसिंह बस्नेत विजयी हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी सचिवमा स्मृति अधिकारी विजयी भए

त्यस्तै, अयोग तर्फै नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम सचिवमा विष्णु पाण्डे विजयी भएका छन्

जेष्ठ २५ गतेदेखि काठमाडौँ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी महाधिवेशनमा बिहीबार नयाँ नेतृत्वको लागि निर्वाचन भएको थियो

सम्बन्धित समाचार