२०८३ बैशाख ६ गते , आईतबार

भारतको मनिपुरमा जातीय तनाव रोक्न कर्फ्यू जारी, इन्टरनेट बन्द

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २७ गते , मंगलबार
भारतको मनिपुरमा जातीय तनाव रोक्न कर्फ्यू जारी, इन्टरनेट बन्द

झापा । सन् २०२३ देखि जातीय तनावमा रहेको भारतको मनिपुर राज्यमा पुनः दंगा भड्किएपछि भारत सरकारले कर्फ्यु लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरेको छ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार, मेइतेइ समुदायका गुरिल्ला नेता असिम करन सिंहलाई मनिपुरको विमानस्थलबाट पक्राउ गरिएको थियो। उनीसहित पाँचजना शीर्ष नेताहरूको गिरफ्तारीपछि झनै तनाव चुलिएको जनाइएको छ।
पक्राउपछि विभिन्न स्थानमा प्रदर्शन चर्किएको र हिंसा सुरु भएको जनाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
मनिपुर राज्यमा बहुसंख्यक हिन्दू मेइतेइ र अल्पसंख्यक इसाई कुकी समुदायबीच अधिकार बाँडफाँड र आरक्षणको विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ।
मेइतेइ समुदायले कुकीलाई दिइएको आरक्षणप्रति असन्तुष्टि जनाउँदै आएको छ भने कुकी समुदायले आफूहरूको अधिकार सुनिश्चित भएको बताउँदै प्रतिवाद गरिरहेका छन्।
जातीय तनाव नियन्त्रणमा लिन भारत सरकारलाई हम्मेहम्मे परेको छ। अवस्था नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा बनाइएको छ।

सम्बन्धित समाचार