२०८३ बैशाख ६ गते , आईतबार

लोकबहादुर कार्कीको परिवारले बालनिकुञ्ज माविमा स्थापना गरे अक्षयकोष

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २२ गते , विहीबार
लोकबहादुर कार्कीको परिवारले बालनिकुञ्ज माविमा स्थापना गरे अक्षयकोष

बिर्तामोड झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा

स्व। लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको विद्यालयमा आज आयोजित एक कार्यक्रमका विच कार्की परिवारको तर्फबाट लाख ५५ हजार सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो

दाता विष्णुमाया कार्की परिवारको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद थापा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापालाई हस्तान्तरण गरिएको

दाता परिवारको तर्फबाट बोल्दै देवराज कार्कीले कोषको व्याजबाट आउने १० प्रतिशत रकम हरेक वर्ष मुलकोषमा थप गरिने बताए उनले कोषलाई हरेक वर्ष वृद्धि गर्दै लैजाने उदेश्य रहेको जानकारी दिए

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले अक्षयकोष स्थापना गर्नु कार्की परिवारको तर्फबाट महत्वपुर्ण काम भएको बताए उनले कोषको ९० प्रतिशत व्याज रकमले छात्रवृतिको साथै दिर्घरोगी विद्यार्थीलाई समेत सघाउ पुर्याउने भन्दै प्रशंसा गरे

बालनिकुञ्ज माविमा योसंगै अक्षयकोष स्थापनाको संख्या नौ पुगेको जनाईएको

सम्बन्धित समाचार