धौलागिरी पारिजात सहकारीद्वारा ज्येष्ठ सदस्य सम्मानित
बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्था लि.ले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । बिहीबार बुद्धशान्ति २ जयपुर सेवाकेन्द्रको सभाहलमा आयोजित एक कार्यक्रमका बिच ५२ जना ज्येष्ठ नागरिकलाई सहकारीले सम्मान गरेको हो ।
ज्येष्ठ सदस्यलाई सहकारीले प्रति सदस्य ३ हजार नगदसहित खादा ओडाएर सम्मान गरेको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
सोहि कार्यक्रममा संस्थाले सजिलो बीमा कार्यक्रम अन्तरगत स्वास्थ्य बिमा बापत सदस्य यामकुमार गहतराजलाई ६८ हजार ८१८ रुपैँया प्रदान गरेको थियो । त्यस्तै मानाचामल खर्च बापत सदस्य स्वर्गीय मित्रबहादुर खड्काको परिवारलाई १० हजार रुपैँया उपलब्ध गराइएको कार्यकारी प्रमुख पौडेलले बताए ।
कार्यक्रममा बोल्दै सम्मानित ज्येष्ठ सदस्यहरु शेरबहादुर कडरिया र युवराज पौडेलले संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष किशोर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिलाई पुष्पराज भट्टराईले स्वागत गरेका थिए । बुद्धशान्ति २ का वडा सदस्य अमिर श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सञ्चालक सदस्य रेश बहादुर बस्नेत, भिमबहादुर पौडेल, ऋण उपसमिति सदस्य प्रदिप खड्का लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम संस्थाको लक्ष्मीपुर सेवाकेन्द्र प्रमुख बुद्धिराज अधिकारीले सञ्चालन गरेका थिए ।