२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेसका विश्वनाथ पौडेल गभर्नर नियुक्त भएसँगै सत्ताको संकट टर्यो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ६ गते , मंगलबार
कांग्रेसका विश्वनाथ पौडेल गभर्नर नियुक्त भएसँगै सत्ताको संकट टर्यो

झापा सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १८औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए  

उनको नियुक्तिसँगै राष्ट्र बैंकमा डेढ महिनापछि नयाँ नेतृत्व पाएको यसअघिका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो

गभर्नर नियुक्त भएसँगै गठबन्धनमा देखिएको संकट टरेको   सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली सत्ता घटक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भएको भेटमा गभर्नरको बिषयमा छलफल भएको थियो देउवाले प्रधानमन्त्री ओलीलाई गभर्नर नियुक्ति गर्न ४८ घण्टे अल्टिमेटम दिएका थिए तर २४ घण्टा नबित्दै गभर्नर नियुक्त गरिएको

अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् शेरबहादुर देउवाको नेतृत्वमा २०७९ सालको चुनावअघि बनेको सरकारमा उनी आयोगको सदस्य भएका थिए

पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् उनी काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक समेत हुन् यसअघि उनी सोही विश्वविद्यालयमा करिब वर्ष भिजिटिङ प्रोफेसर करिब साढे वर्ष सहायक प्रोफेसरको रूपमा काम गरेका थिए

राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर २०७९ सालमा पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए चितवन क्षेत्र नम्बर मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी चुनावमा भने रास्वपाका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए कांग्रेसबाट उम्मेदवार भएको कारणले उनलाई पार्टीको सदस्य रहेको भन्दै उनको नियुक्ति विरुद्ध अदालतमा मुद्दा दायर गर्न खोजिएको थियो तर, सर्वोच्चले उनी विरुद्धको मुद्दा दरपीठ सदर गरिदिएको

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको पुँजीको प्रतिफल क्रमशः घट्दै गएको त्यसलाई सुधार गर्दै उपभोक्तामैत्री सुलभ बैंकिङ सेवा उपलब्ध गराउनु उनको प्रमुख चुनौती रहेको देखिन्छ

सम्बन्धित समाचार