२०८३ बैशाख ५ गते , शनिबार
धुलाबारीबाट अवैध वित्तीय कारोबारमा संलग्न सात जना पक्राउ
बिर्तामोड । अवैध वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मेचीनगर-१० बस्ने कविस मारु, अनुज मारु, निर्मल राई, दिपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राईलाई पक्राउ गरेको हो ।
उनीहरूलाई ब्यूरोको टोलीले बुधबार मेचीनगर-१० धुलाबारीबाट नियन्त्रणमा लिई काठमाण्डौ लगेको स्रोतले जनाएको छ ।