२०८३ बैशाख ५ गते , शनिबार

झापा जिल्ला सहकारी संघको नयाँ समितिले लियो सपथ

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २४ गते , बुधबार
झापा जिल्ला सहकारी संघको नयाँ समितिले लियो सपथ

बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिको आठौँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि गिरी , नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) का महासचिव घनश्याम अधिकारी, नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मिनाकुमारी ढकाल, निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारी, जिल्ला सहकारी संघका सल्लाहकार संयोजक रामचन्द्र उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कोइरालाले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा निवर्तमान अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष चम्पादेवी खनाल सुवेदी, सहसचिव कृष्णप्रसाद मिश्र, कोषाध्यक्ष अर्जुन दंगाल, सदस्यहरु कृष्ण पौडेल, ढुण्डीराज गुरागाँई, चन्द्रकला अधिकारी, चन्द्रकला भण्डारी र पुष्पा उप्रेतीलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।
झापा जिल्ला सहकारी सङ्घ लिमिटेडको वैशाख १३ गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन प्रक्रियालाई बहिष्कार गरेका नेपाली कांग्रेस समर्थित सदस्यहरू समेत शपथ कार्यक्रममा भने सहभागी भएका थिए। 

सम्बन्धित समाचार