२०८३ आश्विन १६ गते , शुक्रबार

बिर्तामोडस्थित पताल गंगा सहकारीका पूर्व अध्यक्ष खनाल पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २१ गते , आईतबार
बिर्तामोडस्थित पताल गंगा सहकारीका पूर्व अध्यक्ष खनाल पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडस्थित पताल गंगा बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम अपचलन गरेर भएका पूर्व अध्यक्ष पक्राउ परेका छन् । २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेर फरार रेवती खनाल पक्राउ परेका हुन् ।

बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेर लामो समयदेखि फरार खनाललाई प्रहरीले धनगढीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खनाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

खनालले दुई करोड ६ लाख रुपैयाँभन्दा धेरै रकम अपचलन गरेको आरोप लागेको छ । रकम लिएर फरार खनालविरुद्ध सञ्चालक समितिले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरेको थियो ।

भद्रपुर– ८ स्थायी घर भई बिर्तामोड बस्दै आएका खनाल सहकारीको रकम अपचलन गरेर सम्पर्कविहीन भएका थिए ।

सम्बन्धित समाचार