२०८३ बैशाख ६ गते , आईतबार

जिल्ला सहकारी संघको ताला खोलियो

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १५ गते , सोमबार
जिल्ला सहकारी संघको ताला खोलियो

बिर्तामोड । झापा जिल्ला सहकारी संघको कार्यालयमा गरिएको तालाबन्दी खोलिएको छ । कांग्रेस-एमालेविच भागबण्डामा भएको सहमति एमालेले पालना नगरेको भन्दै कांग्रेसनिकट अभियन्ताहरुले लगाएको ताला खोलिएको हो ।
नेपाली कांग्रेस सहकारी विभाग प्रमुख दुर्गाप्रसाद सापकोटाको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएपछि दैनिक आर्थिक तथा प्रशासनीक कार्य सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै संघले तालाबन्दी खोल्न अनुरोध गरेको थियो । संघको अनुरोध स्वीकार गरी सहकारी अभियानको पछिल्लो अवस्थालाई समेत मध्यनजर गर्दै तालाबन्दी खोलिएको नेपाली कांग्रेस सहकारी विभाग प्रमुख दुर्गाप्रसाद सापकोटाले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, सचिव भवानीप्रसाद दाहाललगायतको रोहबरमा अभियानकर्मी सापकोटाले ताला खोलेका थिए ।
सापकोटाको अगुवाइमा संघको निर्वाचनको अघिल्लो दिन निर्वाचन समितिको समेत कार्यालय रहेको झापा जिल्ला सहकारी संघको कार्यालयमा तालाबन्दी गरिएको थियो । कार्यालयमा तालाबन्दी गरिएपनि संघको निर्धारित मितिमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा ३१३ मध्ये २४६ मत खसेको थियो । 


सम्बन्धित समाचार