२०८३ बैशाख ६ गते , आईतबार
जिल्ला सहकारी संघको निर्वाचनमा ७८.५९ प्रतिशत मत खस्यो
बिर्तामोड । झापा जिल्ला सहकारी संघको निर्वाचन सम्पन्न भएको छ । आठौं सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको लागि शनिबार भएको निर्वाचनमा ७८.५९ प्रतिशत मत खसेको हो ।
संघमा ३१३ मतदाता रहेकोमा २४६ मत खसेको निर्वाचन अधिकृत देवेन्द्र भण्डारीले जानकारी दिए । आजै मत गणना गरिने उनले बताए ।
नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको भागबण्डामा एमालेले इमान्दारिता नदेखाएको भन्दै कांग्रेसले विज्ञप्ति जारी गरेको थियो । शुक्रबार साँझ नेपाली कांग्रेस निकट केही सहकारीकर्मीले निर्वाचन प्रक्रिया रोक्न माग गर्दै जिल्ला सहकारी संघमा तालाबन्दी गरेको थियो । शनिबार बिहान जिल्ला सहकारी संघले विज्ञप्ति जारी गर्दै दलीय भागबण्डाका आधारमा सदस्यले प्राप्त संविधान प्रदत्त अधिकार कुण्ठित गर्न नहुने भन्दै तोकिएको समयमा निर्वाचन हुने विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।