२०८३ बैशाख ६ गते , आईतबार

भागबण्डा नमिलेकै आधारमा तालाबन्दी गरिनु निन्दनीय : संघ

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १३ गते , शनिबार
भागबण्डा नमिलेकै आधारमा तालाबन्दी गरिनु निन्दनीय : संघ

बिर्तामोड । कार्यालयमा तालाबन्दी गरिएको विषयमा झापा जिल्ला सहकारी संघले आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गरी राजनैतिक पार्टी विचको भागवन्डा नमिलेको नाममा जिल्ला सहकारी संघको कार्यालयमा तालाबन्दी गर्नु घोर आपत्तिजनक, निन्दनीय र अराजनैतिक हर्कत भएको भन्दै संघले खेद व्यक्त गरेको हो ।
निर्वाचन समितिले प्रकाशन गरेको पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार तोकिएको समयमै (आज)  बैशाख १३ गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म मतदान कार्य सम्पन्न हुने सम्पूर्ण मतदाता तथा  प्रतिनिधिहरुलाई संघले जानकारीसमेत गराएको छ ।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आवश्यक प्रवन्ध गरिएको भन्दै उत्साहपूर्ण ढंगले सहभागी हुन सम्पूर्ण सदस्यहरुलाई संघले आह्वान गरेको छ ।
सदस्यहरुले पाएको संविधान प्रदत्त अधिकार प्रति हनन गर्न खोजी
कसैबाट कुनै किसिमको निन्दनीय कार्य भएमा त्यसबाट हुन जाने परिणामको जिम्मेवार सम्बन्धित पक्षले लिनु पर्ने संघले चेतावनी दिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले भागबण्डाका निमित्त गरेको सहमति एमालेले उल्लङ्घन गरेको भन्दै नेपाली कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरी आपत्ति जनाएको थियो । त्यस्तै नेपाली कांग्रेसआबद्ध सहकारीकर्मीहरुले निर्वाचन समितिको कार्यालयमा शुक्रबार साँझ तालाबन्दी गरेका थिए ।
तालाबन्दीको विषयलाई लिएर सहकारी संघमा राजनीति गरिनु नहुने भन्दै आवाज समेत उठिरहेको छ। 

सम्बन्धित समाचार