२०८३ बैशाख ६ गते , आईतबार

जिल्ला सहकारी संघ निर्वाचन : एमाले–कांग्रेस गठबन्धन धरापमा

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १२ गते , शुक्रबार
जिल्ला सहकारी संघ निर्वाचन :  एमाले–कांग्रेस गठबन्धन धरापमा

बिर्तामोड झापा जिल्ला सहकारी संघको निर्वाचनमा नेपाली कांग्रेस नेकपा एमालेको गठबन्धन धरापमा परेको लिखित सहमति विपरित उम्मेदवारी दर्ता गरेको बिषयलाई लिएर उनीहरु बिच किचलो शुरु भएको हो नेपाली कांग्रेसले विज्ञप्ति नै निकालेर एमालेले सहमति उल्लंघन गरेको भन्दै आपत्ति जनाएपछि गठबन्धन नै नहुने सम्भावना बढेको हो  

नेपाली कांग्रेस नेकपा एमालेले चैत्र २३ गते संघमा रहेको २२ सदस्य मध्ये एमालेले १५ कांग्रेसले जना सदस्य लिने गरी लिखित सहमति गरेका थिए तर नेपाली कांग्रेसको भागमा परेको सहसचिव खुल्ला सदस्यमा एमाले निकट उम्मेदवारले मनोनयन गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले आज एक विज्ञप्ति जारी गरी चैत २३ गते सत्तापक्षीय दलहरु बिच भएको लिखित सहमति नेकपा एमाले पक्षबाट उल्लङ्घन गरिएको प्रति नेपाली कांग्रेस झापाको आपत्ति रहेको जनाएका छन् उनले सम्झौता अनुसार बाँडफाँड गरिएका पदहरुमा नेपाली कांग्रेसको तर्फबाट इमान्दारिता पालना गर्दै उम्मेद्वारी दर्ता गरिएको तर एमाले पक्षबाट नेपाली कांग्रेसको भागमा परेका सहसचिव सदस्य लगायतका पदमा सहमति बिपरित दोहोरो उम्मेद्वारी दर्ता गरेर लिखित सहमति तोड्ने कार्य भएको प्रति नेपाली कांग्रेसको घोर असहमति रहेको थेवेले जनाएका छन्

लिखित सहमति गरेको विषयमा एमालेका तर्फबाट सहमति तोड्ने कार्यले दुई दलीय जिल्लास्तरीय राजनीतिक संयन्त्रको औचित्य माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै भद्र लिखित सहमतिलाई पालना नगर्ने हो भने नेकपा एमालेसँगको आगामी दिनको सहकार्यमा थप कठिनाई उत्पन्न हुने थेवेले चेतावनीसमेत दिएका छन्

लिखित सहमति अनुसार इमान्दारिता पालना भएको अवस्थामा सहकार्यलाई अघि बढाउन कांग्रेस प्रतिवद्ध रहेको जिल्ला स्तरमा आगामी दिनमा दुई दलीय संयन्त्रका बीचमा सहकार्यलाई सहजता पूर्वक अघि बढाउने या नबढाउने भन्ने विषय एमालेको गतिविधिमा निर्भर रहने थेवेले उल्लेख गरेका छन्

जिल्ला सहकारी संघको निर्वाचनमा सत्तापक्षीय संयन्त्रको औचित्यको कुरामा जोड दिएको कांग्रेसले भर्खरै सम्पन्न बिर्तामोड मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा भने एमालेलाई एक्ल्याएर माओवादी नेतृत्वको टीममा सहभागी भएर निर्वाचन जितेको थियो

यसैबिच शनिबार (भोलि)का लागि निर्धारण गरिएको निर्वाचनको अघिल्लो दिन कार्यालय समयपछि नेपाली कांग्रेस समर्थक सहकारीकर्मीहरुले झापा जिल्ला सहकारी संघको कार्यालयमा तालाबन्दी गरेका छन्

आज साँझ बजे दुर्गाप्रसाद सापकोटालगायतको टोलीले सहकारीको निर्वाचन रोकिनु पर्ने माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालवान्दी गरेका हुन् निर्वाचन समितिले पूर्वनिर्धारित निर्वाचन कार्यक्रमलाई एकपक्षीय ढंगले प्रभावित गरेर विनासहमति निर्धारित समय सकिएपछि समेत पटक ÷ पटक समय थप गरी उम्मेद्वारी दर्ता उम्मेद्वारी फिर्ता लिने कार्य गरेको भन्दै कांग्रेसका सहकारी विभाग प्रमुख दुर्गाप्रसाद सापकोटालगायतको टोलीले सहकारीको निर्वाचन रोकिनु पर्ने माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालवान्दी गरेका हुन्

निर्वाचन प्रक्रियालाई स्वच्छ गराउनका लागि विश्वसनीय वातावरण नभएसम्म निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख

तीन पटकसम्म निर्वाचनको मिति परिवर्तन गरेर वैशाख १३ गतेको लागि तय गरिएको अवस्थामा निर्वाचन नै विथोल्ने गरी कांग्रेसका समर्थकहरुले संघमा रहेको  निर्वाचन समितिको कार्यालयमा ताला लगाएपछि निर्वाचन हारिने त्रासले ताला लगाएको केहिले आरोप लगाएका छन् सहकारीकर्मीसमेत रहेका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेले सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दै लेखेका छन्– ‘सहकारीमा राजनीति हुनै हुँदैन भन्ने हुँकार भागबण्डामा मिलिभगत, निर्वाचन हारिने डरले तालाबन्दीको सहारा ! झापाको सहकारी राजनिति !!

कार्यालयमा तालाबन्दी भएपनि निर्वाचन निर्धारित मितिमा सम्पन्न हुने निर्वाचन समितिका सदस्य विश्वेश्वर प्रसाद भट्टराईले जानकारी दिए

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्षलगायत प्रमुख पदहरुमा निर्विरोध निर्वाचित भइसकेको खुल्ला उपाध्यक्ष, सचिव, सहसचिव, खुल्ला सदस्यलगायत केहि पदहरुमा चुनाव हुने निर्वाचन समितिले जनाएको

सम्बन्धित समाचार