२०८३ बैशाख ५ गते , शनिबार
सहकारी संघको सचिवबाट बास्कोटाले छाडे दाबी
बिर्तामोड । भोलि हुन लागेको झापा जिल्ला सहकारी संघको निर्वाचन प्रक्रियाबाट सचिव पदका उम्मेदवार लक्ष्मीप्रसाद बास्कोटा अलग भएका छन् ।
सहकारी संघको सर्वसम्मत नेतृत्व चयनका निमित्त लामो समयदेखि भएको रस्साकस्सी अन्त्य गरी सहकारी अभियानलाई सहयोग गर्न पार्टी नेतृत्वसँग भएको छलफलबाट उम्मेदवारी कायम नगर्ने निर्णय गरेको बास्कोटाले बताए ।
संघलाई निर्वाचन प्रक्रियामा लगेर अनावश्यक खर्च गराउनु भन्दा सहमतीय प्रणालीबाट नेतृत्व चयन गर्न प्रोत्साहित गर्ने उद्देश्यले सचिव पदको दाबी छोडेको परिवेश मिडियासंगको कुराकानीमा उनले बताए ।
संघको ८औं सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको लागि शनिबारलाई (भोलि) निर्वाचनको मिति तय गरिएको छ । अधिकांश पदहरूमा सर्वसम्मत भई सकेकाछन् ।