२०८३ बैशाख ५ गते , शनिबार

को हुन् जिल्ला सहकारी संघका सचिव पदका उम्मेदवार बास्कोटा ?

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १२ गते , शुक्रबार
को हुन् जिल्ला सहकारी संघका सचिव पदका उम्मेदवार बास्कोटा ?

वैशाख १३ गते झापा जिल्ला सहकारी संघको ८औँ सञ्चालक समितिको निर्वाचन हुँदैछ सहकारी अभियान सहि बाटोमा गएन भनेर विभिन्न आक्षेपहरु लागि रहेको सहकारीमाथि संकट आइरहेको परिस्थितीमा अभियानको नेतृत्वमा रस्साकस्सी भइरहेको संस्थाको सांगठानिक जिम्मेवारी रहने सचिव पदमा नेकपा एमालेको तर्फबाट लक्ष्मीप्रसाद बास्कोटाले उम्मेदवारी दिएका छन्

कस्तो बास्कोटाको पृष्ठभूमि ?

विसं. २०३० सालमा तेह्रथुम जिल्लाको चुहानडाँडामा जन्मिएका लक्ष्मीप्रसाद बास्कोटाले तेह्रथुम क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेका छन् विद्यार्थी जिवनबाट नै राजनीतिमा लागेका बास्कोटाले विभिन्न सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् उनी सपरिवार २०५८ सालदेखि झापाको बिर्तामोड सुब्बाचोकमा स्थायी बसोबास गर्दै आएका छन् सामाजिक कार्यमा सक्रिय बास्कोटाले २०७० को दशकमा उद्योग वाणिज्य संघ बिर्तामोडमा एक कार्यकाल सदस्यको रुपमा काम गरिसकेका छन्

बास्कोटा २०७४ सालको स्थानीय चुनावमा बिर्तामोड वडा नम्बर को वडासदस्यको रुपमा जनप्रतिनिधीको समेत भूमिका कुशलतापूर्वक निभाईसकेका व्यक्ति हुन् बास्कोटासँग सहकारी अभियानसँगै जेसिज, लायन्सक्लब आदि सामााजिक संघसंस्थाको समेत अनुभव

२०६६ सालदेखि सहकारी अभियानमा प्रत्यक्ष जोडिएका बास्कोटा बिर्तामोड स्थित मिलनसार बचत तथा ऋण सहकारी संस्थाको ऋण उपसमितिको जिम्मेवारीमा २०७२ सालसम्म काम गरेका थिए त्यसयता सोहि संस्थाको अध्यक्षमा अनवरत क्रियाशिल छन् बास्कोटाले सहकारीसम्बन्धि विभिन्न गोष्ठि, कार्यशाला, सेमिनार, तालिमआदिमा सहभागी भएर सहकारी अभियानसँग सम्बन्धित थुप्रै अनुभव हासिल गरिसकेका छन् बास्कोटा अभियानसँगै उद्योग वाणिज्य क्षेत्रमा समेत नेतृत्वदायी भूमिकामा छन्  

बास्कोटाले सचिव पदमा विजयी गराई अभियानलाई थप उचाइमा पुर्याउन आम मतदातासँग अपिल गरेका छन्  

 

सम्बन्धित समाचार