२०८३ आश्विन १६ गते , शुक्रबार

निजामती कर्मचारीले साथ नदिएपछि कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ देखि गर्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १० गते , बुधबार
निजामती कर्मचारीले साथ नदिएपछि कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ देखि गर्ने निर्णय

झापा । वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा सार्न निर्णय भएको छ।  वैशाख २१ गतेदेखि हुने परीक्षा शिक्षकहरूको आन्दोलन र निजामती कर्मचारीले साथ नदिने भएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो । उक्त परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय भएको छ । 
२१ दिनदेखि देश भरका शिक्षक काठमाण्डौको सडकमा आन्दोलन गरिरहेको अवस्थामा मङ्गलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले निजामती कर्मचारी प्रयोग गरेर निर्धारित मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै निजामती कर्मचारी ट्रेड युनियनले विज्ञप्ति निकालेर उक्त निर्णयप्रति असहमति जनाएपछि बोर्ड परीक्षा सार्न बाध्य भएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।
सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए । विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको उनको भनाइ छ।
यसअघि बोर्डको आज बिहान बसेको बैठकले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सार्ने भनेको थियो।
तर बोर्डको निर्णय शिक्षकहरूले प्रतिरोध गर्ने चेतावनी दिएका थिए। त्यस्तै ट्रेड युनियनहरूले समेत कर्मचारीले परीक्षा नगर्ने प्रस्ट पारेको थियो ।

सम्बन्धित समाचार