२०८३ बैशाख ५ गते , शनिबार

कक्षा १२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ९ गते , मंगलबार
कक्षा १२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

झापा निजामती कर्मचारी ट्रेड युनियनले कक्षा १२ को परीक्षा संचालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको भनेर असन्तुष्टि जनाएका छन् मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन्

१२ कक्षाको परीक्षामा निजामती कर्मचारी परिचालन गर्न खोजिएको त्यसमा हाम्रो असहमति ,’ नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले भने शिक्षकहरूको आन्दोलन प्रति आफूहरूको पनि समर्थन रहेको भन्दै उनले शिक्षक आन्दोलन कमजोर बनाउने प्रयासलाई समर्थन गर्न नसकिने बताए

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले पनि कक्षा १२ को परीक्षा संचालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको बताए

सरकारले खोज्ने अन्तिम हतियार निजामती कर्मचारी हो भन्ने कक्षा १२ को परीक्षामा परिचालन गर्न खोजिनुले पनि प्रष्ट पार्छ,’ उनले भने कर्मचारी खुसी भए गुणस्तरीय कानुन बन्ने भन्दै उनले यसअनुसार ऐन बनाउन आवश्यक रहेको बताए

सम्बन्धित समाचार