२०८३ बैशाख ५ गते , शनिबार

राज्यले धान्ने माग सम्बोधन हुने भएकाले वार्तामा बस्न शिक्षकलाई प्रधानमन्त्रीको आग्रह

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ८ गते , सोमबार
राज्यले धान्ने माग सम्बोधन हुने भएकाले वार्तामा बस्न शिक्षकलाई प्रधानमन्त्रीको आग्रह

झापा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन्

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए

विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सकडमा आन्दोलनमा आउनु पर्दैन भर्ना अभियान सुरू भइसकेको कृपया जानूस्, विद्यालयमा गएर भर्ना गराउनुस् एसइईको उत्तरपुस्तिका परीक्षण गर्नूस् एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनूस् गुणस्तरीय शिक्षाका लागि लाग्नूस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूको आन्दोलनले विद्यार्थी अभिभावकलाई घाटा , शिक्षकहरूलाई लाभ छैन त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नूस् प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरुले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन

सम्बन्धित समाचार