२०८३ बैशाख ५ गते , शनिबार

सूर्योदयको पर्यटन प्रवर्धन गरिँदै, १५ देशका राजदूत श्रीअन्तुमा

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १ गते , सोमबार
सूर्योदयको पर्यटन प्रवर्धन गरिँदै, १५ देशका राजदूत श्रीअन्तुमा

इलाम । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत इलामको श्रअन्तु पुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरू श्रीअन्तु आइपुगेका हुन् । 
परराष्ट्रमन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारी सूर्योदय नगरपालिकाको श्रीअन्तु भ्रमण गरेका हुन् । टोलीलाई नगरपालिकाले आईतबार कन्याममा स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुर्‍याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।


परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, बेलाय, स्विट्जरल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, इजरायल, जापानलगायत मुलुकका राजदूत छन् ।
एकैपटक धेरै देशका विशिष्ट व्यक्तिहरूको भ्रमणले सूर्योदयको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने नगरप्रमुख रणबहादुर राईले बताए । 

सम्बन्धित समाचार