२०८३ बैशाख ५ गते , शनिबार

बत्ती बालेर सरकार खोज्दै काठमाण्डौको सडकमा शिक्षकहरु

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २६ गते , मंगलबार
बत्ती बालेर सरकार खोज्दै काठमाण्डौको सडकमा शिक्षकहरु

बिर्तामोड शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका शिक्षककर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन्

बानेश्वरबबरमहल सडकखण्डमा भेला भएका शिक्षककर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए

सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको उनीहरुको प्रदर्शनका कारण बानेश्वरबबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी शिक्षककर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका छन् उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमाअन्तिम निर्णायक आन्दोलन भनेका छन्

काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता

शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए आज उनीहरुले मोबाइल हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन्

सम्बन्धित समाचार