२०८३ बैशाख ५ गते , शनिबार
अजरबैजान पठाउँछु भन्दै ठगी गर्ने भद्रपुरका अहमद पक्राउ
बिर्तामोड । युवायुवतीलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ठगी गरेको आरोपमा झापा एक युवा पक्राउ परेका छन् । भद्रपुर-४ का ३८ वर्षीय गुड्डु अहमदलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
आकर्षक तलबमा अजरबैजान पठाउँछु भन्दै युवा युवतीलाई ठगी गरेको आरोपमा अहमद पक्राउ परेको प्रहरीले जनाएको छ। उनले दुईजना व्यक्तिलाई अजरबैजान पठाउँछु भन्दै १६ लाख २९ हजार ५ सय रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनी विरुद्ध वैदेशिक रोजगार ठगी कसुरमा वैदेशिक रोजगार विभागमा उजुरी परेको प्रहरीले जनाएको छ।
अहमद विरुद्ध ३ लाख रुपैयाँ बिगो माग गरिएको छ भने जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।