२०८३ बैशाख ५ गते , शनिबार

बिधेयक जारी गर्न माग गर्दै देशभरका शिक्षक काठमाण्डौको सडकमा

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २० गते , बुधबार
बिधेयक जारी गर्न माग गर्दै देशभरका शिक्षक काठमाण्डौको सडकमा

बिर्तामोड । देशभरका शिक्षकहरूले आजदेखि काठमाण्डौमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाण्डौ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन  सडक आन्दोलन गर्न लागेका हुन् । 
आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र  जारी गर्न मागसहित आन्दोलन थालिएको बताए। 
आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ। 
भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए। 
आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनले बताए। काठमाण्डौ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाण्डौबाट नफर्किने बताए । 

सम्बन्धित समाचार