२०८३ आश्विन १६ गते , शुक्रबार

राजावादीले आगो लगाएको घरमा एक पत्रकारको जलेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १६ गते , शनिबार
राजावादीले आगो लगाएको घरमा एक पत्रकारको जलेर मृत्यु

काठमाण्डौ । राजावादीले आगजनी गरेको काठमाण्डौको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ ।

राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाएका हुन् ।

यसरी ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । तर प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन ।

उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ ।

अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबै फुटाइदिएका थिए ।

सम्बन्धित समाचार