२०८३ बैशाख ६ गते , आईतबार

मिलनसारले मनायो १५औं स्थापना दिवस

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १५ गते , शुक्रबार
मिलनसारले मनायो १५औं स्थापना दिवस

बिर्तामोड । बिर्तामोड-४ मा अवस्थित मिलनसार बचत तथा ऋण सहकारी संस्थाले १५औं स्थापना दिवस मनाएको छ । शुक्रबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी मिलनसारले स्थापना दिवस मनाएको हो ।
बिर्तामोड र अर्जुनधारालाई कार्यक्षेत्र बनाएर बचत-ऋणको कारोबार गर्दै आएको मिलनसारले ८ करोडको वासलात बनाएको अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
स्थापना दिवसको अवसर पारेर आगामी वर्ष २०८२ को क्यालेण्डर समेत सार्वजनिक गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले सदस्यमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता जनाए । 
सचिव कैलाश पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई उपाध्यक्ष अजय कुमार देवले स्वागत गरेका थिए । 

सम्बन्धित समाचार