२०८३ बैशाख ५ गते , शनिबार

एसईईमा सहभागी विद्यार्थीलाई गोमेन्द्रले गर्यो सम्मान तथा विदाई

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १५ गते , शुक्रबार
एसईईमा सहभागी विद्यार्थीलाई गोमेन्द्रले गर्यो सम्मान तथा विदाई

बिर्तामोड । बिर्तामोड-४ मा अवस्थित गोमेन्द्र विर्ता मोडेल स्कुलले एसईईमा सहभागी विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शुक्रबार एसईईको अन्तिम दिनको परीक्षा सकिएसँगै विद्यालयमा उनीहरूलाई सम्मान गरिएको हो ।
गोमेन्द्र विर्ता मोडेलले विद्यालयमा एक औपचारिक कार्यक्रम गरी विद्यार्थीसहित उनीहरूको अभिभावकलाई सम्मान गरेको हो ।
लामो समय विद्यालयमा रहेर एउटा तह पार गरेकाले उनीहरूको उज्वल भविष्यको कामनासहित सम्मान गरिएको निर्देशक उत्तम खनालले जानकारी दिए ।
गोमेन्द्रमा कक्षा ११-१२ मा विज्ञान बाहेक अन्य विषय पढाइ हुने भएकाले ती विद्यार्थीहरुलाई आजको कार्यक्रम फेरि भेटौलाको रुपमा रहेको सहनिर्देशक गीता ढकाल खनालले बताइन् ।
गोमेन्द्रबाट २७ जना विद्यार्थीले एसईई परीक्षा दिएको विद्यालयका इन्चार्ज तीर्थ दाहालले जानकारी दिए ।
कार्यक्रममा अभिभावकको तर्फबाट सुमन सुवेदी, विद्यार्थीको तर्फबाट सायन घोष र दिक्षा चापागाईले आफ्ना अनुभव राखेका थिए ।
विद्यालयका निर्देशक उत्तम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पुष्प खड्का र विद्यालयका सहनिर्देशक गीता ढकाल खनालले शुभकामना मन्तब्य राखेका थिए।  विद्यालयका इन्चार्ज तीर्थ दाहालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई शिक्षक दामोदर सुवेदीले स्वागत गरेका थिए ।


सम्बन्धित समाचार