२०८३ बैशाख ५ गते , शनिबार

फाकफोकथुमकी बिमला कट्टेलको शव गाडिएको अवस्थामा फेला

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १५ गते , शुक्रबार
फाकफोकथुमकी बिमला कट्टेलको शव गाडिएको अवस्थामा फेला

बिर्तामोड । १५ दिन अघिदेखि हराइरहेकी इलाम फाकफोकथुम ३ सल्लेरी बस्ने १९ वर्षीया बिमला कट्टेललाई हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ ।
हत्या गरेको आशंकामा उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत चैत १ गतेदेखि बिमला हराएको भन्दै ससुरा कृष्णलाल गिरीले खोजतलासको लागि निबेदन दिएका थिए । अनुसन्धानको क्रममा बिमलालाई हत्या गरी फाकफोकथुम वडा नं.२ धार्ने खोपस्थित दाहाल गोलाईमा गाडिएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी निरीक्षक रमेश राई नेतृत्वको टोलीले आज बिहान १ बजे गाडिएको ठाउँ फेला पारी शव उत्खनन् कार्य भइरहेको इलाम प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार