२०८३ आश्विन १६ गते , शुक्रबार

बिहीबार बढ्यो नेप्से र कारोबार रकम

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १४ गते , विहीबार
बिहीबार बढ्यो नेप्से र कारोबार रकम

झापा । बिहीबार पनि नेप्से परिसूचक उच्च अंकले बढेको छ । बुधबार ३९.१३ र बिहीबार ४१.६७ अंक गरी यो दुई दिनमा नेप्से ८१.६ अंकले बढेको हो ।

नेप्से १.५८ प्रतिशतले बढेर २६६३.३० विन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार रकम पनि बढेको छ ।

बुधबार चार अर्ब २० करोडको सेयर कारोबार भएकोमा बिहीबार पाँच अर्ब २२ करोडको कारोबार भएको छ ।

यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब दुई करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३०९ वटा धितोपत्रको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच भएको हो ।

बिहीबार २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ वटाको घटेको छ ।

सम्बन्धित समाचार