२०८३ बैशाख ६ गते , आईतबार

प्रगतिशील लेखक सङ्घ ताप्लेजुङ्ग अध्यक्षमा हाङ्बाङ

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १३ गते , बुधबार
प्रगतिशील लेखक सङ्घ ताप्लेजुङ्ग अध्यक्षमा हाङ्बाङ

फुङलिङ । ताप्लेजुङस्थित प्रगतिशील लेखक सङ्घ नेपालको अध्यक्षमा प्रजिन हाङ्बाङ चयन भएका छन् । सदरमुकाम फुङ्लिङमा सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले हाङ्बाङको  अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
समिति उपाध्यक्षमा देवानसिंह मादेन (विरही कान्छा), सचिव लक्ष्मीप्रसाद अधिकारी, सहसचिव झरेन्द्रप्रसाद तिवारी र कोषाध्यक्षमा लीला सुनुवार (आँशु) चयन भएका छन् । सदस्यहरूमा टीकामाया याक्सो, जीवन कालिकोटे (सन्देश), नेत्र अविरल, विपना वियोगी, नवराज आचार्य र अबिरसिं याक्सो चयन भएका छन् ।
यस्तै, अग्रज साहित्यकार भरतकुमार गुरुङ संयोजक रहेको सात सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरूमा हर्क याक्सो, शान्तिराम नेपाल, लेकाली कान्छा मुक्कुम, लक्ष्मीप्रसाद चुडाल, लक्षुमण मेन्याङ्बो र खगेन्द्र पोमु चयन भएका छन् ।
यही चैत १६ गते हुन लागेको लेखक सङ्घ कोशी प्रदेश समितिको अधिवेशनका लागि कमलप्रसाद भट्टराई, प्रजिन हाङ्बाङ, लक्ष्मी अधिकारी, लीला आँशु र टीका याक्सोलाई प्रतिनिधि चयन गरिएको छ ।
प्रगतिशील लेखक सङ्घ वामपन्थी विचार समूहमा आबद्ध  साहित्यकारहरुको सङ्गठन हो ।
जिल्ला अधिवेशन अग्रज साहित्यकार भरत गुरुङको प्रमुख आतिथ्य तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री (पराग) को विशिष्ट आतिथ्यमा सम्पन्न भएको निवर्तमान सङ्घका जिल्ला अध्यक्ष कमलप्रसाद भट्टराई (अकिञ्चन) ले जानकारी दिए ।

सम्बन्धित समाचार