२०८३ बैशाख ६ गते , आईतबार

विराट-अर्जुनमा चोरी गर्ने मगर पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १२ गते , मंगलबार
विराट-अर्जुनमा चोरी गर्ने मगर पक्राउ

बिर्तामोड । बिर्तामोड-४ स्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलमा चोरी गरी फरार युवक पक्राउ परेका छन् । चोरी गरेको अभियोगमा शिवसताक्षी-७ झिलझिले बस्ने २४ वर्षीय विवेक मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत २ गते बिहान ९:५४ बजे सहकारी पसलबाट १३ हजार ८०० रुपैयाँ चोरी भएको थियो ।  सिसिटिभी फुटेजका आधारमा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सहकारी पसलको सटर बन्द गरेर संचालकहरुले बैठक गरिरहेको मौकामा मगरले सटर खोलेर चोरी गरेका थिए । चोरी गर्दै गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सम्बन्धित समाचार