२०८३ बैशाख ५ गते , शनिबार

पूर्व पतिसँग बोलेको निहुँमा श्रीमतीको हत्या

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १२ गते , मंगलबार
पूर्व पतिसँग बोलेको निहुँमा श्रीमतीको हत्या

बिर्तामोड झापाको कनकाई नगरपालिका वडा नम्बर मा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको कनकाई नारायणदल चोकमा अस्थायी बसोबास गर्ने ४० बर्षीया मनिषा लिम्बु मग्रान्तीको हत्या भएको हो

ताप्लेजुङ जिल्ला सिनाम घर भई नारायणदल चोकस्थित योगेन्द्र बस्यालको घरमा केहि महिनादेखि भाडामा बस्दै आएका ३९ बर्षीय लालबहादुर सार्कीले श्रीमती मनिषाको हत्या गरी आत्महत्या प्रयास गरेका छन् लालबहादुरको घाँटीमा गम्भीर चोट लागेको उपचारका लागि बिएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको आफ्नै जातिसँग पहिलो विवाह गरेकी मनिषाले पूर्व श्रीमानसँग बोलेको निहुँमा लालबहादुरले खुकुरी प्रहार गर्दा मनिषाको मृत्यु भएको बुझिएको पारिवारिक स्रोतका अनुसार मनिषाको मृत्यु भएपछि लालबहादुरले आत्महत्या प्रयास गरेका हुन् लालबहादुरको समेत जेठी श्रीमतीसहित परिवार पहाडमा रहेको बुझिएको

प्रहरीले लालबहादुरलाई उपचारका लागि बिएण्डसी अस्पताल पठाएपनि खर्च अभावका कारण परिवारले प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी गरिरहेका छन्

घटना सोमबार रातिको भएपनि प्रहरीले मंगलबार विहानमात्र खबर पाएको थियो

सम्बन्धित समाचार