२०८३ बैशाख ५ गते , शनिबार

अर्जुनधाराका ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा महिलाहरुको स्वास्थ्य जाँच

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ६ गते , बुधबार
अर्जुनधाराका ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा महिलाहरुको स्वास्थ्य जाँच

बिर्तामोड झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० का ज्येष्ठ पुरुषहरुलाई सम्मान तथा महिलाहरुको स्वास्थ्य जाँच गरिएको मंगलबार अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा ट्रष्ट टीम नेपालले कार्यक्रम आयोजना गरेको हो

ट्रष्ट टीम नेपाल स्वास्थ्य विभागको आयोजनामा सम्पन्न कार्यक्रममा ८१ जना महिलाको स्तन तथा पाठेघरको मुखको जाँच गरिएको अर्जुनधारा १० की स्वास्थ्यकर्मी शर्मिला घिमिरेले जानकारी दिइन् पाठेघरको मुखको जाँचमा दुई जना बिरामीमा क्यान्सरको शंका देखिएकाले रेफर गरिएको त्यस्तै आङ खस्ने समस्या भएका १५ जना महिलाको जाँच गरि दुई जनामा रिङ राखिएको उनले बताइन्

त्यस्तै करिब १५० जना ज्येष्ठ नागरिकहरुलाई खदाले सम्मान गर्नुका साथै फलफुल वितरण गरिएको थियो

ट्रष्ट टीम नेपालकी उपाध्यक्ष यशोदा उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा १० का वडाध्यक्ष भुपेन्द्र नेउपानेको प्रमुख आतिथ्यता रहेको थियो

सम्बन्धित समाचार