२०८३ बैशाख ५ गते , शनिबार

नेपालका १२५ भाषा लेखनका लागि ‘दुबो फन्ट’ निर्माण

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २९ गते , विहीबार
नेपालका १२५ भाषा लेखनका लागि ‘दुबो फन्ट’ निर्माण

काठमाण्डौ नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटैफन्ट निर्माण गरिएको नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो

कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमादुबो नामकफन्टकोडिजाइन गरेर मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताए

आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४क्यारेक्टर रहेकोदुबो फन्ट देवनागरी युनिकोडभन्दा फरकलेआउट मा भए पनि प्रयोगमा सजिलो रहेको बताए एक कार्यक्रमका बीच उक्त प्रस्तावित फन्टका विषयमा भाषविद्सहित छलफल प्रस्तुतीकरणसमेत भइसकेको

त्यस अवसरमा भाषाविद् प्राडा. माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको लेखनपद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोयमा नयाँ फन्ट सिर्जना गरिएको यो प्रयास निकै उपयोगी हुने बताए

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताए । कार्यदलका संयोजक डा. अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताए कार्यदलका सदस्य प्रा. भीमनारायण रेग्मीले प्रस्तावित फन्टका विशेषतासहितको प्रस्तुतीकरण गरेका थिए

कार्यक्रममा प्रतिष्ठाका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, प्रा. राम लोहनी, डा. कृष्णप्रसाद चालिसे, डा. कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा. सूर्यप्रसाद यादव राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गरेको फन्ट निर्माता कलाकार पौडेलले जानकारी दिए

प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डा. तामाङ, सहसंयोजकमा डा. विष्णुकुमार सिंजाली सदस्यहरूमा प्रा. भीमनारायण रेग्मी, डा. तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली हंसवती कुर्मी रहेका थिए

सम्बन्धित समाचार