मिलनसारका सदस्यलाई वित्तीय व्यवस्थापन तालिम
बिर्तामोड । झापाको बिर्तामोड ५ मा अवस्थित मिलनसार बचत तथा ऋण सहकारी संस्थाले वित्तीय व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
सदस्य शिक्षा कार्यक्रम अन्तर्गत साकोसको शिक्षा उपसमितिले बुधबार तालिम आयोजना गरेको हो ।
सहकारी क्षेत्रमा लामो समय काम गरेर सेवानिवृत्त सहकारी विज्ञ डिल्ली दाहालले तालिमको सहजीकरण गरेका थिए । दाहालले सहकारी सम्बन्धी नयाँ अध्यादेशमा भएका व्यवस्थाहरूको विषयमा जानकारी गराए । उनले सहकारीहरू खराब कर्जाका कारण समस्यामा पर्ने भएकाले कर्जा लगानी र सुरक्षण साथै सहकारीका कोषको विषयमा जानकारी गराएका थिए ।
सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षा उपसमिति संयोजक प्रकाश पराजुलीले सञ्चालन गरेका थिए । कार्यक्रममा सहकारीका कर्मचारी, सञ्चालक समितिका सदस्यहरू तथा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।