ग्रीन फिल्डको बार्षिकोत्सवमा विद्यार्थीले देखाए कौशल
बिर्तामोड । झापाको बिर्तामोड–१ मा सञ्चालित ग्रीन फिल्ड वर्ल्ड स्कुलले बार्षिकोत्सव सम्पन्न गरेको छ । मङ्गलबार विद्यार्थीको विभिन्न कौशल र क्रियाकलाप प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।
स-साना विद्यार्थीहरुले योगा, दौड तथा नृत्य प्रस्तुत गरेका थिए । विभिन्न सदनका विद्यार्थीहरुले गरेको मार्च पास आकर्षक थियो । अन्य सांस्कृतिक प्रस्तुतिले अभिभावकहरुको ध्यान खिचेको थियो ।
सोही कार्यक्रमका बीच विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
स्कुलकी निर्देशक मनिषा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।
सहभागीहरुलाई स्कुलका ओ–अडिनेटर बर्नाड लामा र विद्यार्थीको तर्फबाट सोफिया प्रसाईले स्वागत गरेका थिए ।
कार्यक्रम शिक्षिका सुशिला घिमिरेले सञ्चालन गरेकी थिइन् ।