२०८३ बैशाख ६ गते , आईतबार

महिला फुटबलको उपाधि जित्ने आ-आफ्नै दाबी

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ४ गते , आईतबार
महिला फुटबलको उपाधि जित्ने आ-आफ्नै दाबी

बिर्तामोड । झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रङ्गशालामा जारी अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । सोमबार हुने फाइनल खेलका लागि आइतबार आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा उनीहरुले त्यस्तो दाबी गरेका हुन् ।
उपाधिका लागि कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिकाबिच खेल हुँदैछ। 
आईतबार रङ्गशालामा आयोजित कन्फ्रेन्समा बोल्दै कनकाईकी टीम क्याप्टेन खुस्मा राईले राम्रो तयारी भएकाले जीत निकाल्ने दाबी गरिन् । त्यस्तै अर्जुनधाराकी टीम क्याप्टेन जेनिफर रानाले पनि उपाधिका लागि आफूहरु तयार रहेको बताइन् । कन्फ्रेन्समा कनकाईका कोच सन्त रायमाझी र अर्जुनधाराका कोच पुष्प मादेनको सहभागिता रहेको थियो ।
बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । त्यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार