२०८३ बैशाख ६ गते , आईतबार

अजरबैजान पठाउने भन्दै ४२ लाख बढी ठगी, स्थानीय एजेन्ट फरार

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २ गते , शुक्रबार
अजरबैजान पठाउने भन्दै ४२ लाख बढी ठगी, स्थानीय एजेन्ट फरार

बिर्तामोड वैदेशिक रोजगारीका लागि अजरबैजान पठाउने भन्दै १६ जना युवा ठगिएका छन् हल्दीबारी, भद्रपुर, अर्जुनधारा भारत आसामका युवायुवती अजरबैजान जाने नाममा ठगिएका हुन

उनीहरूबाट ४२ लाख बढी रकम लिए पछि स्थानीय एजेन्ट भद्रपुर झापा निवासी अनिरुद्र (अनुप) तिम्सिना फरार भएको पीडितहरुको भनाई

फरार भनिएका अनिरुद्र (अनुप) तिम्सिना


वैदेशिक रोजगारका लागि अजरबैजानमा फ्याक्ट्री वर्करको काम दिने भनेर एजेन्टले  भद्रपुर का दयाराम मगरबाट लाख, दिनेश श्रेष्ठबाट लाख, सन्तोष श्रेष्ठबाट लाख ५४ हजार, हल्दिबारी का विष्णुकुमार श्रेष्ठबाट लाख ७३ हजार, विक्रम शाही हेमरमबाट लाख ६६ हजार, देवेन्द्र आचार्यबाट लाख १० हजार, अर्जुनधारा की लक्ष्मीदेवी खातीबाट लाख ७० हजार, अस्मिता गदाइलीबाट लाख ७० हजार, पुष्पा मगरबाट लाख ७० हजार, सुकराज चाम्लिङ राईबाट लाख ७० हजार, मेचीनगरका संगीत श्रेष्ठबाट लाख ५० हजार, भारत आसामका अर्जुन क्षेत्रीबाट लाख २४ हजार, सुरज श्रेष्ठबाट लाख हजार, जीवन क्षेत्रीबाट लाख २४ हजार मेचीनगर का हेमन्त शर्माबाट लाख रुपैँया एजेन्टले पटक पटक गरि लिएको शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर पिडीतहरुले जानकारी गराएका छन्

आसामका युवाहरुले भारतीय नागरिकको क्युआर नेपाली युवाहरुले काठमाण्डौका सुमनकुमा अग्रवाल अनिरुद्र तिम्सिनाको नाममा रकम जम्मा गरेको बताए

शुरुमा तिम्सिनाले केहि युवाहरुलाई युरोपियन मुलुक लिथुआनिआ लैजाने भनेर भारतको चण्डीगढ लगेर मेडिकल गराउनुका साथै भिषा प्रक्रिया अगाडी बढाएका थिए पछि लिथुआनिआको भिषा लागेन अजरबैजानका लागि गरौँ भनेर तिम्सिनाले भनेको पिडित दयाराम मगरले बताए उनीहरुलाई नक्कली भिषा टिकट देखाएर चण्डीगढ बोलाएर पटक पटक पैसा मागेको २७ दिनसम्म राखेपछि उडाउन नसकेर नेपाल फर्काएको उनीहरुले बताए त्यहाँ बस्दा एक छाक मात्र खाएर बस्नु परेको पिडित सुरज श्रेष्ठले पीडा पोखे

एजेन्टले उपलब्ध गराएको टिकट


चण्डीगढस्थित कन्सल्टेन्सीको कार्यालयमा जाँदा त्यहाँका मानिसहरुलेतिमीहरुको एजेन्ट अनुप हो उसँगमात्र कुरा गर्छु, तिमीहरुलाई चिन्दिन भन्दै अरुसँग उनीहरुले कुरै नगर्ने पिडितहरुले बताए

काम नभए डबल पैसा फिर्ता गर्छौँ भनेर तिम्सिनाले आफ्नो घरमा छरछिमेकीको अगाडी विश्वास दिलाएको तर पछिल्लो समय उनी सम्पर्कमा नै नरहेको गुनासो गरिन्

रकम जम्मा गरेको भौचर


पटक पटक पैसा माग्ने उडानको समय सारिरहेपछि आफुहरु ठगिएको थाहा पाएको उनीहरुले बताए

ऋण काढेर दिएको पैसा तत्काल फिर्ता नगरे कानुनी कारबाहीमा जाने पिडितहरुले बताएका छन्

सम्बन्धित समाचार