२०८३ बैशाख ६ गते , आईतबार

बाह्रदशीमा अध्यक्ष कप भलिबलको क्वाटरफाइनल पुरा

sajilo news
परिवेश मिडिया
२०८१ माघ २१ गते , सोमबार
बाह्रदशीमा अध्यक्ष कप भलिबलको क्वाटरफाइनल पुरा

बाह्रदशी । झापाको बाह्रदशीमा जारी प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा क्वाटर फाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको दोस्रो दिन आज पाँच खेल भएका छन । 
आजको पहिलो खेलमा मेचिनगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो। सो खेलमा २५-२०, १६-२५ र २५-१३ को सेटमा पाथीभरा याङ्बरकले जितेको छ । यस खेलको म्यान अफ द म्याच पाथीभरा याङ्बरकका खेलाडी नवीन महतो घोषित भए ।
त्यस्तै आजै भएको दोस्रो खेलमा आयोजक बाह्रदशी गाउँपालिका र लेटाङ्ग नगरपालिका बिच प्रतिस्पर्धा भएको थियो। सो खेलमा २५-२२ र २५-२१ को सोझो सेटमा लेटाङ्ग बिजयी भयो । खेलको म्यान अफ द म्याच लेटाङ्गका खेलाडी केवल लिम्बू घोषित भए ।
त्यसैगरी आजै भएको तेस्रो खेलमा दमक नगरपालिका र वेलबारी गाउँपालिका बिच भएको खेलमा दमक नगरपालिकाले २५-१३ र २५-२३ को सोझो सेटमा पराजित गरेको छ। खेलको म्यान अफ द म्याच टिम दमकका खेलाडी जोनीस क्षेत्री घोषित भए ।
त्यस्तै आजै भएको चौथो खेलमा बिर्तामोड नगरपालिकाले सिदिङ्वा गाउँपालिकालाई २५-२२ र २५-१४ को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। खेलको म्यान अफ द म्याच टिम बिर्तामोडका खेलाडी जोनिस केसी घोषित भए।
यसैगरी आजै भएको अन्तिम पाचौं खेलमा पाथीभरा याङ्वरक गाउँपालिकाले इटहरी उपमहानगरपालिकालाई २५-१९ र २५-२३ को सोझो सेटमा पराजित गरेको छ। खेलको म्यान अफ द म्याच टिम पाथीभरा याङ्वरकका खेलाडी ललन दोर्जे घोषित भए। सम्पूर्ण खेलका म्यान अफ द म्याचले ट्रफी र सम्मान पत्र पाएका छन् ।
यो संगै क्वाटर फाईनल समिकरण पूरा भएको छ ।
भोलि हुने पहिलो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिका र लेटाङ्ग नगरपालिका प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिका र दमक नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।
माघ १९ गतेदेखि २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टोलीले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाउने  छन् । यस्तै दोस्रो हुने टिमले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने  छन् । सेमिफाइनलबाट बिहिरिने टिमले नगद दस-दस हजार रूपैयाँ पाउनेछन् । 

सम्बन्धित समाचार