२०८३ बैशाख ६ गते , आईतबार

सहकारी ठगी प्रकरणमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ माघ २० गते , आईतबार
सहकारी ठगी प्रकरणमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ

पोखरा सहकारीको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वयन समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्

नेकपा एमालेको तर्फबाट बेनी को वडा सदस्यमा निर्वाचित भएका थापा पछि उनी जिल्ला समन्वय समिति प्रमुख भएका थिए जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा थापालाई पक्राउ गरेको हो थापा सहकारीको पूर्वअध्यक्ष हुन्।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्रअनुसार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बताए सहकारी ऐन २०७४ अन्तर्गत परिभाषित कसुरमा अनुसन्धान गर्न पक्राउ गरेको उनको भनाइ

थापासँगै कुमारी सहकारी प्रकरणमा जनालाई पक्राउ गरिएको म्याग्दीको रघुगंगा गाउँपालिका झिं बस्ने ६७ वर्षीय मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका हिस्तान बस्ने ६६ वर्षीय थमबहादुर गर्बुजा, बेनी नगरपालिका रत्नेचौर बस्ने ४९ वर्षीया देवीकुमारी थापा, पर्वत लेखफाँटका ५३ वर्षीय रुद्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो पक्राउ परेकालाई अनुसन्धानका लागि म्याद थपको प्रक्रियामा रहेको प्रहरी निरीक्षक पौडेलले बताए

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले तयार पारेको वित्तीय विश्लेषण तथा छानबिन प्रतिवेदनअनुसार अर्ब ४९ करोड रुपैयाँ हिनमिना भएको खुलेको थियो । तर, पछि प्रक्रिया पूरा गरेर हिनामिना रकम घटाएको बुझिएको छ।

 

सम्बन्धित समाचार