२०८३ आश्विन १६ गते , शुक्रबार

शेयर कारोबारमा वृद्धि, नेप्से २७.५८ विन्दुमा पुग्यो

sajilo news
परिवेश मिडिया
२०८१ माघ २० गते , आईतबार
शेयर कारोबारमा वृद्धि, नेप्से २७.५८ विन्दुमा पुग्यो

झापा । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार हरियाली छाएको छ ।  आज नेप्से ६९.८० अंकले बढेर २ हजार ७ सय २७ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा २०२ कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा सात कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।  यी कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेका छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ । आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ९७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार