२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड महोत्सवमा एउटा टिकट खरिद गर्दा अर्काे टिकट फ्रि

sajilo news
परिवेश मिडिया
२०८१ माघ १४ गते , सोमबार
बिर्तामोड महोत्सवमा एउटा टिकट खरिद गर्दा अर्काे टिकट फ्रि

झापा । झापाको बिर्तामोडमा जारी एपोलो पेन्ट्स  बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकटको खरिदमा अर्काे टिकट फ्रि गरेको छ । अब एक सय रुपैयाँको टिकट किन्दा दुई वटा टिकट पाइने भएको छ ।
योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनितरी प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो ।
यो निर्णय आज माघ १४ गते सोमवारबाट माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने महोत्सव मूल आयोजक समितिका सदस्य विपीन बजगाईले जानकारी दिए । महोत्सवमा सहभागीलाई साँझ ५ वजेसम्मका लागि यो सुविधा प्रदान गरिएको हो ।
माघ ८ गतेदेखि जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हरेक साँझ राष्ट्रिय कलाकारहरले साङ्गीतिक प्रस्तुति दिँदै आएका छन् ।
आदिवासी जनजाति महासंघको समन्वयमा दिनभर विभिन्न जात जातिको सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिँदै आएको छ । 
महोत्सवमा अटोमोबाइल्स, हस्तकला, घरेलु उत्पादन, विदेशी रक्सी, पाकिस्तानी छालाका उत्पादन, फर्निचरका सामान आदि राखिएको छ । 

सम्बन्धित समाचार