२०८३ बैशाख ६ गते , आईतबार
महोत्सवमा एक बोत्तल मदिराको २९ हजार
बिर्तामोड । झापाको बिर्तामोडमा जारी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा मदिरा पारखीका लागि विभिन्न ब्राण्डका विदेशी मदिराको स्टल राखिएको छ ।
अष्ट्रेलिया, जर्मनी, सुडान लगायतका देशहरुमा उत्पादित महंगो मुल्यका ब्राण्डेड रक्सीको स्टल राखिएको हो ।
एसपीजी ट्रेडिङले आयात गर्ने उक्त रक्सी ३ सय रुपैँयादेखि प्रति बोत्तल २९ हजार रुपैँयासम्मको रहेको स्थानीय डिलर धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाका बिक्रेता ध्रुव घिमिरेले जानकारी दिए । विभिन्न आयतनमा ह्विस्की र ब्राण्डीहरु उपलब्ध रहेको उनले बताए ।
सात सय ५० मिलिलिटरको २९ हजार रुपैँया पर्ने रोयल स्यालुट नामक ह्विस्कीसमेत बिर्तामोडमा बिक्री हुने उनको भनाई छ । महोत्सवमा आउने रक्सीका पारखीहरुलाई जानकारी दिनुका साथै उनीहरुको सुविधाको लागि स्टल राखिएको उनले बताए ।