२०८३ बैशाख ५ गते , शनिबार

स्वर्णलक्ष्मी सहकारी प्रकरणका अभियुक्त लामिछाने आफै अदालत जाँदै

sajilo news
परिवेश मिडिया
२०८१ पौष २६ गते , शुक्रबार
स्वर्णलक्ष्मी सहकारी प्रकरणका अभियुक्त लामिछाने आफै अदालत जाँदै

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।  काठमाण्डौको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दाका अभियुक्त लामिछाने अदालतमा उपस्थित हुन लागेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका
लामिछानेविरूद्ध काठमाण्डौमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज आफैँ  अदालतमा उपस्थित हुन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
लामिछाने बिहीबार कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए । 

सम्बन्धित समाचार