२०८३ बैशाख ५ गते , शनिबार

सिम्रिक साकोसद्वारा सदस्यलाई सीपमुलक तालिम

sajilo news
परिवेश मिडिया
२०८१ पौष २१ गते , आईतबार
सिम्रिक साकोसद्वारा सदस्यलाई सीपमुलक तालिम

बिर्तामोड झापाको बिर्तामोड मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आजबाट पाँच दिने आधारभूत श्रृंगार तालिम सुरु भएको

संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न यस्ता किसिमका तालिम संस्थाले आयोजना गर्दै आइरहेको कार्यकारी प्रमुख बस्नेतको भनाई

उनले पुंजी अभावकै कारण हातमा सिप भएर पनि व्यवसाय सञ्चालनमा समस्या भोग्दै आएका शेयर सदस्यलाई संस्थाले लगानी गर्ने बताए तसर्थ पनि तालिम सहि तवरले इच्छाशक्ति लगाएर लिन सहभागिलाई आग्रह गरे

तालिममा मोरङ जिल्लाका सेवा केन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागि छन् सहभागिलाई जानुकादेवी प्रधान हृदयकुमारी संग्रौलाले प्रशिक्षण दिंदैछन्

यस अघि पनि संस्थाको शिक्षा उपसमितिको आयोजनामा इलाम जिल्लाको नेपालटारमा इलाम जिल्ला अन्तर्गतका शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए

त्यसैगरी संस्थाले यस अघि खुदुनाबारीमा कपुरधुप बात्ती निर्माण तालिम सम्पन्न गरिसकिएको संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान बिष्टले बताए

सम्बन्धित समाचार