जन सम्बृद्धिमा पुनः काफ्ले
बिर्तामोड । झापाको बिर्तामोड–५ मा कार्यालय रहेको जन सम्बृद्धि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः देवेन्द्र केसी काफ्ले चयन भएका छन् । शनिबार अर्जुनधारास्थित सालबारीमा भएको संस्थाको ११औँ बार्षिक साधारणसभाबाट काफ्लेको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा नविनकुमार कडरिया, सचिव सन्तोष कुमार बस्नेत, सहसचिवमा मुना खतिवडा प्रसाई, कोषाध्यक्षमा फडिन्द्र भट्ट, सदस्यहरुमा प्रेमबहादुर थापा, हिमकुमार महतारा, माया कडरिया, यशोदा कार्की निर्राला, दिनेश शर्मा र राजकुमार खतिवडा सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक लिलाप्रसाद भण्डारीले जानकारी दिए ।
त्यस्तै लेखा सुरपरिवेक्षण समिति संयोजकमा भरत बारकोटी र जेसिका मैनाली चयन भएका छन् । एक जना सदस्य कार्यसमितिले चयन गर्नेछ ।
कार्यक्रमको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा शान्तिकुमारी महतो र उत्कृष्ट सञ्चालकको रुपमा प्रेमकुमार थापालाई सम्मान गरिएको थियो । त्यस्तै एक जना उत्कृष्ट बचतकर्ता र एक जना उत्कृष्ट ऋणीलाई समेत सम्मान गरिएको व्यवस्थापक चन्द्रप्रसाद लुइटेलले जानकारी दिए ।
संस्थामा १५६० जना शेयर सदस्यहरुको ९१ लाख ५१ हजार ३ सय शेयर पूँजी रहेको छ भने गत आवमा २ करोड १२ लाख ४१ हजार ८३३ रुपैँया निक्षेप संकलन गरेको छ । संस्थाले गत आवमा १८ लाख २१ हजार ४४५ रुपैँया खुद नाफा आर्जन गरेको अपरेसन इञ्चार्ज कमल बास्कोटाले जानकारी दिए ।
कार्यक्रम संस्थाका अध्यक्ष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम कर्जा अधिकृत तोममणी विमलीले सञ्चालन गरेका थिए ।