२०८३ बैशाख ५ गते , शनिबार

फाउन्डेसनका विद्यार्थीलाई स्टेशनरी र  खाद्यान्न सहयोग

sajilo news
परिवेश मिडिया
२०८१ पौष २० गते , शनिबार
फाउन्डेसनका विद्यार्थीलाई स्टेशनरी र  खाद्यान्न सहयोग

बिर्तामोड राधिका फाउन्डेसन मार्फत झापामा अध्ययनरत विद्यार्थीहरूलाई काठमाण्डौका देव लामाले पाठ्यसामग्री, न्यानो कपडा खाद्यान्न सहयोग गरेका छन्

हाल अस्ट्रेलियामा रहेका लामाले फाउन्डेसनका विद्यार्थीलाई ४० हजार मूल्य बराबरका स्टेशनरी, न्यानो कपडा खाद्य सामग्री प्रदान गरेका हुन्

बिर्तामोड निवासी टिका पौडेलमार्फत उक्त सामग्री फाउन्डेसनका संस्थापक राधिका दासीलाई प्रदान गरिएको थियो

फाउन्डेसनले कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूलाई झापा काठमाण्डौका विद्यालयमा अध्ययन गराउँदै आएको

आवासीय सुविधासहित अध्ययनरत विद्यार्थीलाई इच्छुक दाताहरूकै सहयोगमा विद्यालय भर्ना गरिएको फाउन्डेसनले जनाएको

पहिले संस्कार अनि संस्कारसहितको परोपकार भन्ने नारालाई आत्मसात गरेको फाउन्डेसनले बृहत गुरुयोजना अघि सारेर काम अघि बढाइरहेको

फाउन्डेसनको सचिवालय विद्यार्थीको आवासका लागि व्यवस्थित भवन निर्माणाधीन

निकट भविष्यमा एकै परिसरभित्र विद्यालय, अस्पताल पार्क निर्माण गर्ने योजना अघि सारिएको संस्थापक दासीले बताएकी छन्

फाउन्डेसनमा कर्णालीसहित विकट पहाडी जिल्लाका ४० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् उनीहरू काठमाण्डौ झापामा बस्दै आएका छन् उनीहरूकै लागिएकदाता, एक छाक भोजन अभियान सञ्चालन गरिएको जनाउँदै फाउन्डेसनले त्यस कार्यमा सरिक हुन इच्छुक दाताहरुलाई अपिल समेत गरेको

फाउन्डेसनमा रहेका विद्यार्थीहरू अधिकांश अभिभावक विहीन हुन् राधिका फाउन्डेसनले कम्तीमा १०० विपन्न अभिभावक विहीन बालबालिकालाई आवासीय सुविधासहितको विद्यालय शिक्षा प्रदान गर्ने तयारी गरेको पनि संस्थापक दासीले जानकारी दिइन्

सम्बन्धित समाचार