२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा ‘केटीएम सिटी’को शोरुम सञ्चालनमा

sajilo news
परिवेश मिडिया
२०८१ पौष १७ गते , बुधबार
बिर्तामोडमा ‘केटीएम सिटी’को शोरुम सञ्चालनमा

बिर्तामोड झापाको बिर्तामोडमा केटीएम सिटीको शोरुम सञ्चालनमा आएको अंग्रेजी नयाँ बर्षको अवसर पारेर केटीएमको १५औँ शाखा बिर्तामोडमा सञ्चालनमा ल्याइएको हो

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोडको शनिश्चरे ट्याक्सी स्टेण्ड नजिकै रहेको  शोरुमको उद्घाटन गरे । युवा व्यवसायीद्वय मनोज सिटौला विशाल भण्डारीले करिब करोड लगानीमा शोरुम सञ्चालनमा ल्याएको बताएका छन् टोपीदेखि मोजासम्म भन्ने व्यवसायीक  नाराका साथ केटीएम सिटीले उत्पादन गरेका सबै किसिमका कपडा शोरुममा उपलब्ध हुने सञ्चालक सिटौलाले जानकारी दिए नेपालमै फ्याक्ट्री भएकाले यसका उत्पादन सस्तो गुणस्तरीय रहेको सिटौलाले दाबी गरे

नेपाली उपभोक्ताको सस्तो मुल्यमा गुणस्तरीय उत्पादन लगाउने चाहनालाई ध्यानमा राखेर शोरुम सञ्चालनमा ल्याएको अर्का सञ्चालक विशाल भण्डारीले बताए सबै उमेर समूहले लगाउन मिल्ने कपडा तथा स्पोर्टसका लागि जुत्ता, फुटबल, व्याग आदि शोरुममा उपलब्ध हुने उनले बताए

उद्घाटनको अवसरमा बुधबार बिहीबार १० प्रतिशत छुटको व्यवस्था गरेको सञ्चालकहरुले जनाएका छन्  

सम्बन्धित समाचार