२०८३ बैशाख ५ गते , शनिबार

धौलागिरीले गर्यो कर्मचारी क्षमता अभिवृद्धि तथा बजार प्रवर्द्धन तालिम

sajilo news
परिवेश मिडिया
२०८१ पौष १३ गते , शनिबार
धौलागिरीले गर्यो कर्मचारी क्षमता अभिवृद्धि तथा बजार प्रवर्द्धन तालिम

बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि तथा बजार प्रवर्द्धन तालिम आयोजना गरेको छ । संस्थाले बिर्तामोडस्थित आफ्नै सभा हलमा शनिबार एक दिवसीय तालिम सम्पन्न गरेको हो ।
सहकारीको मूल्य मान्यतालाई सहज रूपमा सदस्यहरूसम्म पुर्‍याउन र प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल तुल्याउन तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।


व्यवस्थापन विज्ञ रामराजा प्रताप भण्डारीले तालिमको सहजीकरण गरेका थिए ।
संस्थाका अध्यक्ष किशोर भट्टराईको अध्यक्षता र जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका ४० जना कर्मचारी सहभागी भएको कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।
कार्यक्रम संस्थाका व्यवस्थापक मोहन पनेरुले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार