२०८३ बैशाख ५ गते , शनिबार

सिद्धार्थ बैंकको स्थापना दिवसमा रक्तदान

sajilo news
परिवेश मिडिया
२०८१ पौष १२ गते , शुक्रबार
सिद्धार्थ बैंकको स्थापना दिवसमा रक्तदान

बिर्तामोड । २२औं स्थापना दिवसको अवसरमा सिद्धार्थ बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार बिर्तामोडस्थित प्रदेश तथा शाखा कार्यालयको प्राङ्गणमा रक्तदान आयोजना गरिएको हो ।
रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४२ पिन्ट रगत सङ्कलन भएको सिद्धार्थ बैंक बिर्तामोड शाखाका सम्पर्क प्रबन्धक सुरेश पाठकले जानकारी दिए ।

कार्यक्रममा बैंकका प्रदेश प्रमुख सुबास श्रेष्ठ लगायतले रक्तदान गरेका थिए ।
बैंकले स्थापना दिवसको आयोजनामा वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको छ । 

सम्बन्धित समाचार