२०८३ बैशाख ५ गते , शनिबार

नेपाल हार्ट फाउण्डेशनको केन्द्रीय सभा झापामा हुने

sajilo news
परिवेश मिडिया
२०८१ पौष ११ गते , विहीबार
नेपाल हार्ट फाउण्डेशनको केन्द्रीय सभा झापामा हुने

बिर्तामोड नेपाल हृदय रोग निवारण केन्द्र (हार्ट फाउण्डेशन) को केन्द्रीय सभा झापामा हुने भएको केन्द्रको ३३औँ केन्द्रीय सभा पुष १३ १४ गते झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा हुन लागेको हो

आज पत्रकार सम्मेलन आयोजना गरि यो बर्षको सभा झापामा हुन लागेको आयोजकले जानकारी दिएको हो

केन्द्रले मुटु रोग सम्बन्धि सचेतना जगाउने यसको उपचारको लागि वकालत गर्दै आएको निवर्तमान अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए केन्द्र यसका गतिविधीको प्रचारका लागि मोफसलमा केन्द्रीय सभा गर्न थालिएको अघिल्लो बर्ष काभ्रेपलाञ्चोकको बनेपामा गरिएको पूर्वअध्यक्ष डिल्लीराम घिमिरेले बताए

डा. मेगेन्द्रराज पाण्डेको अगुवाईमा २०४५ सालमा स्थापना भएको केन्द्रले ५९ जिल्लामा शाखा बाँकी अन्य जिल्लाहरुमा तदर्थ समिति विस्तार गरिसकेको पूर्वअध्यक्ष घिमिरेले जानकारी दिए

केन्द्रले मुटुका बिरामीहरुको उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै शहिद गंगालाल हृदय रोग केन्द्र अन्य सहयोगी संस्थाहरुसँग समन्वय गरिदिने गरेको पनि घिमिरेले बताए

केन्द्रमा स्थापित कोषको रकमबाट उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरुलाई पुरस्कृत गर्दै आएको निवर्तमान अध्यक्ष न्यौपानेले जानकारी दिए गत बर्ष झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरण सेवनमा रोक लगाएको कारण पालिकालाई सम्मानसमेत गरेको थियो

कार्यक्रमको अवधीमा स्वयम् सेविकाहरुलाई प्राविधिक तालिम दिनुका साथै बिएण्डसी अस्पतालबाट प्रभातफेरी निकाल्ने आदि कार्यक्रम रहेको केन्द्रका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए कार्यक्रमको पुष १३ गते शनिबार दिउँसो साढे तीन बजे केन्द्रका केन् द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालले उद्घाटन गर्ने झापा शाखाका सहसचिव राम निरौलाले बताए

कार्यक्रममा सहभागीहरुलाई झापाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले स्वागत गरेका थिए । 

 

सम्बन्धित समाचार